बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले अर्पिइन् माला [तस्बिरहरू]

पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीले अर्पिइन् माला [तस्बिरहरू]

बुधबार राष्ट्रपति भण्डारीले बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्।
 |  बुधबार, पुस २७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, पुस २७, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको ३०१औं जन्मदिन तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबार पुगेर शालिकमा माल्यार्पण गरेकी छन्। बुधबार राष्ट्रपति भण्डारीले बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्।

National life

२७ पुसमा पृथ्वीनारायणको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। पृथ्वी जयन्ती अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

पृथ्वी जयन्ती अवसरमा आजै राप्रपा र राप्रपा नेपालले बेग्लाबेग्लै चियापान कार्यक्रम आयोजना गरेका छन्।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो। पृथ्वीनारायणलाई सम्झिन उनको शालिक रहेको स्थानमा उल्लेख्य संख्यामा सर्वसाधारण उपस्थित थिए।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jan 11, 2023| 13:23 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।