शनिबार, जेठ ५, २०८१

पीडादायी समयबीच संन्यास लिएका ग्यारेथ बेल

‘अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनु भनेको मेरो जीवनको सबैभन्दा पीडादायी कुरा हो,’ उनले लेखेका छन्, ‘यो देशको लागि खेल्नु मेरा लागि कति महत्त्वपूर्ण कुरा हो भनेर म कसरी बयान गरौं?’
 |  मंगलबार, पुस २६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २६, २०७९

काठमाडौं– वेल्स राष्ट्रिय फुटबल टिमका कप्तान ग्यारेथ बेलले ३३ वर्षको उमेरमा फुटबलबाट संन्यासको घोषणा गरेका छन्। क्लब फुटबलका ‘फाइनेस्ट’ खेलाडी भए पनि पछिल्लो समय मैदानमा निकै पीडादायी समयको सामना गरेका बेलले सोमबार अबेर संन्यास घोषणा गरेका हुन्।

triton college

वेल्सबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेलेका र सबैभन्दा धेरै गोल गरेका बेलले आफ्नो सामाजिक सञ्जालबाट संन्यासको घोषणा गरे। पाँच पटकका च्याम्पियन्स लिग विजेता निश्चय नै विश्वका सबैभन्दा उत्कृष्ट फुटबलरमध्ये एक हुन्।

‘होशियार रहँदै र सोचविचार पछि म क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यासको घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनमा मलाई मन परेको खेल खेल्ने सपना साकार पार्न पाएकोमा म अवश्विसनीय रुपमा आफूलाई भाग्यशाली ठान्छु।’

कार्डिफमा जन्मिएका बेलले आफ्नो फुटबल करिअर साउथ ह्याम्प्टनबाट सुरु गरेका थिए। उनी पछि टोटेनहम हट्सपरमा पनि केहि वर्ष खेले। त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०१३ मा उतिबेलाकै सबैभन्दा ठूलो मूल्यमा स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए।
रियलमा लामो समय बिताएर उनी सन् २०२२ मा अमेरिकी मेजर सकर क्लब लस एन्जलसमा अनुबन्ध भएका थिए। आफ्नो देशकै लागि टालिस्म्यान हुन् बेल, जहाँ उनले आफ्नो देशलाई २०१६ र २०२० को युरो कपसम्म पुर्याएका थिए।

उनकै नेतृत्वमा वेल्सले ६४ वर्षपछि कतारमा भएको विश्वकप खेलेको थियो। कतार विश्वकपमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेसँगै उनले १११ अन्तर्राष्ट्रिय खेलमा ४१ गोल गरेको राष्ट्रिय रेकर्ड बनाएका छन्। सन् २०१० देखि २०१३ का बीच उनी दुई पटक विश्वमा उत्कृष्ट फुटबलरको सूचीमा मनोनित भएका थिए।

corrent noodles
Metro Mart

उतिबेलै ८० मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका थिए उनी। उनले स्पेनको बसाइमा रियललाई तीन ला लिगा र पाँच च्याम्पियन्स लिगको उपाधि दिलाउन सहयोग गरेका छन्। कुनै पनि ब्रिटिस खेलाडीले क्लब फुटबलमा बेलले जति उपलब्धि हासिल गरेको छैन। बेलले त्यसबाहेक थप तीन क्लब फुटबल विश्वकप, तीन यूईएफए सुपर कप र एक स्पेनिस कप पनि जितेका थिए।

‘फुटबलले मलाई जीवनमा उत्कृष्ट क्षणहरु प्रदान गरेको छ,’ उनले लेखेका छन्, ‘यो १७ वर्षमा जे गरेँ त्यो नक्कल गर्न असम्भव हुनेछ। जीवनको भण्डारमा मेरो अर्को अध्याय जे भए पनि मलाई खास फरक पर्नेछैन।’

बेलले १६ वर्षको उमेरमा सन् २००६ मा साउथ ह्याम्प्टनबाट सिनियर खेलमा डेब्यू गरेका थिए। जिवनभरी फुटबलमा चम्किएका उनी उत्तरार्धतिर रियल मड्रिडमा कमजोर फर्ममा हुँदा रियल फ्यानले जति आलोचना गरे पनि राष्ट्रिय टिमबाट खेल्दा वेल्सका फ्यानले उनलाई आलोचना गरेनन्। उनको योगदानको जहिल्यै कदर मात्र गरिराखे।

त्यसैको होला– बेलले आफ्नो टिमलाई विश्वकपको स्टेजसम्म पुर्याएको। तर त्यहाँ तेस्रो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेपछि वेल्स घर फर्किएको थियो। उनले सन् २००६ मा वेल्सबाट अन्तर्राष्ट्रिय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी भएको १७ वर्षपछिको खेल थियो, इंग्ल्यान्डविरुद्धको। र, त्यो नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल भयो।

उनले ट्रिनिडाड र टोबागोविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। त्यसपछि उनले पछाडि फर्किएर हेर्नु परेन। देशले ५८ वर्षसम्म हासिल गर्न नसकेको उपलब्धि उनले सन् २०१६ र २०२० मा युरो कपमा पुर्याएर हासिल गराए। त्यति मात्र होइन उनले आफ्नो टिमलाई सेमीफाइनलसम्म पुर्याएका थिए। तर वेल्सले त्यो सिजनको विजेता पोर्चुगलसँग अन्तिम चारमै हार बेहोर्यो।

‘अन्तर्राष्ट्रिय  फुटबलबाट संन्यास लिनु भनेको मेरो जीवनको सबैभन्दा पीडादायी कुरा हो,’ उनले लेखेका छन्, ‘यो देशको लागि खेल्नु मेरा लागि कति महत्त्वपूर्ण कुरा हो भनेर म कसरी बयान गरौं?’

बेल साउथह्याम्टनमा हुँदा सुरुका दिनहरुमा लेफ्ट ब्याकबाट खेल्ने गर्दथे। तर टोटेनहमबाट खेल्ने क्रममा उनले सानसिरोको एक खेलमा सन् २०१० को विजेता इन्टर मिलानविरुद्ध उसकै मैदानमा ह्याट्रिक गरे। स्पर्सले उनलाई त्यतिबेला भर्खरै फरवार्ड लाइनमा ल्याउँदै गरेको समय थियो।

उनी सन् २०१९ को चेल्सी सरुवा हुने गसिप चलिरेको थियो। तर उनले त्यतिबेला रियलले सरुवालाई प्रतिबन्ध लगाएको बताएका थिए। त्यस्तै, उनले वेल्स युरोकपमा छनोट हुँदा वेल्स, गल्फ, र मड्रिडको क्रममा केहि भनेका थिए। त्यसपछि उनले  सन् २०१८ मा च्याम्पियन्स लिग जितेपछि उनी र प्रशिक्षक जिनेदिन जिदानबीच केहि मनमुटाब झल्काउने कुरा भएका थिए। त्यसपछि क्बलसँग उनको सम्बन्ध बिग्रिँदै गयो। नौ महिनापछि जिदाने प्रशिक्षककै रुपमा मड्रिड फर्किएपछि त बेलको सबैजसो खेल बेञ्चमा नै बित्न थाल्यो। जिदानेले जति कष्ट परेको बेलामा पनि बेललाई मैदान उतारेनन्। एकपटक रियल म्यानचेस्टर सिटीसँग खेल्न गएको बेलामा उनलाई जिदानेले टिममै राखेनन्। त्यसबेला उनी गल्फ खेलिरहेको भिडियो बाहिरिएको थियो।

पछि उनी एक सिजन प्रिमियम क्बल टोटेनहममा पनि अनुबन्ध भए। त्यसपछि रियल फर्किएका उनी अमेरिकी क्लबबाट फुटबल खेलिरहेका थिए।

प्रकाशित: Jan 10, 2023| 10:17 मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।