शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० लिगबारे गृहमन्त्रीको चासो, अनुसन्धान गर्न सीआईबीलाई दिए निर्देशन

टी-२० लिगबारे गृहमन्त्रीको चासो, अनुसन्धान गर्न सीआईबीलाई दिए निर्देशन

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएको विषयमा उनले चासो राखेका हुन्। यसबारे अनुसन्धान गर्न मन्त्री लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन्।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघको आयोजना तथा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृहमन्त्री रवि लामिछानेले चासो दिएका छन्।

Kumaribank

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएको विषयमा उनले चासो राखेका हुन्। यसबारे अनुसन्धान गर्न मन्त्री लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मार्फत अनुसन्धानका लागि उनले निर्देशन दिएका हुन्। मन्त्रालयको निर्देशनअनुसार सीआईबीले आजैदेखि काम सुरु गरिसकेको बताइएको छ। विवादित संस्था सेभेन थ्रीलाई नेपालको प्रतिष्ठित आधिकारिक क्रिकेट प्रतियोगिता सञ्चालनको अधिकार दिने क्यानको निर्णय सुरुदेखि नै विवादमा परेको थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिना नै प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन्। दुई टिममा त विदेशी खेलाडी कप्तानसमेत छन्। उनीहरुको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन।

मंगलबार खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै खेल खेल्न अस्वीकार गरेका थिए। क्यानले उनीहरुलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला गरी खेल सुरु भएको थियो। २० ओभरको खेल ९ ओभरमा छोट्याएर खेलाइएको थियो।

Metro Mart

मंगलबार नै प्रतियोगिताको एक फ्रेन्चाइज टिम काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एकजना खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए। यसबारे तत्कालै क्यान र आईसीसीको एन्टी करप्सन युनिटलाई जानकारी गराएको उनले बताएका छन्। 

प्रकाशित: Jan 03, 2023| 18:50 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।