काठमाडौं– जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो।
लुम्बिनीका लागि हरमित सिंहले ७३ रन, लाहिरु मिलान्था ३३ ,ह्यारी टेक्टरले अविजित १८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १७ रन र कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए।
जनकपुरका लागि सरफुदिन असरफले ३, जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १–१ विकेट लिए।