शनिबार, कात्तिक १, २०८२

विवाद मिलेपछि सुरु भयो नेपाल टी२० लिग

क्यानले पारिश्रमिक उपलब्ध गराउने सहमतिपछि खेल सुरु भएको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं– कीर्तिपुरमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग विवादका कारण रोकिएकामा  सहमतिपछि सुरु भएको छ। खेलाडीले पारिश्रमिक नपाउँदा नखेल्ने निर्णय गरेपछि रोकिएको खेल  क्यानको मध्यस्थतापछि पुनः सुरु भएको हो। 

Kumaribank

यसअघि खेलाडीले पारिश्रमिक नपाउन्जेल नखेल्ने निर्णय गरेका थिए। क्यानले पारिश्रमिक उपलब्ध गराउने सहमतिपछि खेल सुरु भएको हो।

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका थिएनन्। आज विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल हुँदै छ। खेलका लागि दुवै टिम मैदानमा पुगे पनि टस हुन सकेको थिएन। तर अहिले विवाद टुंगिएसँगै खेल सुरु भएको छ।

नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो। पटक–पटक मिति सारेर मंसिर २८ देखि सुरु भएको नेपाल टी–२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्।

पछिल्लो समय आयोजक सेभेन थ्री स्पोर्ट्स कम्पनीका साझेदार नै सम्पर्कमा नआएको बताइएको थियो। खेलाडी तथा अफिसियलले यसअघि नै सोमबारसम्म आफूले पाउनुपर्ने परिश्रमिक नपाए नखेल्ने बताएका थिए। नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

Metro Mart

प्रकाशित: Jan 03, 2023| 11:22 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।