बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विवादका कारण रोकियो नेपाल टी२० लिग

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन्।
 |  मंगलबार, पुस १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- कीर्तिपुरमा जारी पहिलो संस्करणको नेपाल टी २० लिग विवादका कारण रोकिएको छ। खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएका हुन्।

himalayan bank box

सम्झौताअनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक पाउने सहमति भए पनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन्।

तालिका अनुसार आज विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सको खेल हुनुपर्ने थियो। खेलका लागि दुवै टिम मैदानमा पुगे पनि टस नै हुन सकेन।

नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर प्रतियोगिता गरेको हो। पटकपटक मिति सारेर मंसिर २८ देखि सुरु भएको नेपाल टी–२० लिगमा सोमबारसम्म ३४ मध्ये २० खेल सम्पन्न भइसकेका छन्।

तर, पछिल्लो समय आयोजक सेभेन थ्री स्पोर्ट्स कम्पनीका साझेदार नै सम्पर्कमा नआएको बताइएको छ। खेलाडी तथा अफिसियलले यसअघि नै सोमबारसम्म आफूले पाउनुपर्ने परिश्रमिक नपाए नखेल्ने बताएका थिए। केही विदेशी खेलाडीले नेपाल छाडिसकेका छन्।

Metro Mart
vianet

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स, र फार वेस्ट युनाइटेड गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: Jan 03, 2023| 09:52 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।