आइतबार, वैशाख ३०, २०८१

गम्भीर कार दुर्घटनामा परे क्रिकेटर ऋषभ पन्त

उत्तराखण्डका पुलिस अशोक कुमारले एनडीटिभीलाई भनेका छन्, ‘रकी नजिकैको मोहम्मदपुरमा दुर्घटना भएको थियो। कार डिभाइडरमा ठोक्किएर आलो लागेको थियो।’
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त भारतको उत्तराखण्डको रोकीमा गम्भीर कार दुर्घटनामा परेका छन्। देहरादुनको एक अस्पतालमा जाँच भइरहेका पन्त आज शुक्रबार दुर्घटनामा परेका हुन्।

triton college

‘ऋषभको टाउकोका दुई ठाउँमा काटिएको छ। उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको छ। उनको दायाँ कुम, कुइनो, खुट्टाको औँलाका साथै उनको ढाडमा पनि चोट लागेको छ,’ एक विज्ञप्ति जारी गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसीसीआई)ले लेखेको छ।

अहिले ऋषभको अवस्था स्थिर रहेको छ र उनलाई देहरादुनको म्याक्स अस्पतालमा लगिएको छ। अब त्यहाँ उनको एमआराई हुनेछ र त्यसपछि चोटको पूर्ण विवरण आउने बिसिसिआईले जानकारी दिएको छ।

शुक्रबार विहानै उनी रकी जाने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनमा उनको कार पूर्ण रुपमा क्षति भएको छ। उनले कारले सडकको डिभाइडरलाई हिर्काएलगत्तै आगो सल्किएको थियो।

सुरुमा उनलाई स्थानीय एक अस्पतालमा लगिएको थियो। त्यहाँ उनको सामान्य उपचार भयो। ‘उनको कार विहान साढे ५ बजे दुर्घटनामा परेको हो,’ उत्तराखण्डका पुलिस अशोक कुमारले एनडीटिभीलाई भनेका छन्, ‘रकी नजिकैको मोहम्मदपुरमा दुर्घटना भएको थियो। कार डिभाइडरमा ठोक्किएर आलो लागेको थियो।’

corrent noodles
Metro Mart

उनी अहिले आफ्नो अवस्थाबारेमा जानकार छन् र सामान्य गफ गरिरहेका छन्। उनको भित्री चोटबारे थप विवरण आउन बाँकी रहेको छ।


प्रकाशित: Dec 30, 2022| 17:33 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।