शनिबार, वैशाख २९, २०८१

लुम्बिनी अल स्टारको लगातार पाँचौं जित

लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्र बनायो र ३५ रनले पराजित हुन पग्यो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौ– नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार पाँचौं जित हात पारेको छ। शुक्रबार त्रिवि मैदानमा लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्र बनायो र ३५ रनले पराजित हुन पग्यो।

triton college

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रन, सुनाम गौतमले १८ रन र एलेक्स ब्लेकले ११ रन बनाए। लुम्बिनीका लागि हरमित सिंहले ३, किशोर महतो, स्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान १/१ विकेट लिए। 

यसअघि लुम्बिनीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रनको योगदान दिए। यस्तै, लाहिरु मिलन्थाले २५ रन, कुशल भुर्तेल १९, अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ रन बनाए। काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान १ विकेट लिएका थिए।

अपराजित लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। ४ खेलमा २ जित हात पारेको काठमाडौं पनि ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा कायमै छ।

प्रकाशित: Dec 30, 2022| 13:17 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।