आइतबार, वैशाख ३०, २०८१

वाल्टन र जोराको शतकीय साझेदारीमा जनकपुरको जित

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको आजको दोस्रो खेलमा जनकपुर रोयल्सले आठ विकेटको जित निकालेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

कीर्तिपुर– काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगको आजको दोस्रो खेलमा जनकपुर रोयल्सले आठ विकेटको जित निकालेको छ। जितका लागि १७० रनको लक्ष्य पछ्याएको जनकपुरका सन्दिप जोरा र चाडविक वाल्टनले शतकीय साझेदारी गरेपछि उसले जित निकालेको हो।

triton college

खेलमा जोरा र वाल्टनले १५१ रनको साझेदारी गरेका थिए। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको फारवेस्ट युनाइटेडले पूरा ओभर खेल्दै छ विकेट गुमाएर १६९ रन बनाएको थियो।

जवाफमा जनकपुरले एक ओभर चार बल बचाउँदै दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गरेको हो। जनकपुरले खेलमा खराब सुरुआत गरेको थियो। ओपनर पवन सर्राफ १२ रन बनाएर आउट भए भने कप्तान त्रिभोन ग्रिफिथ छ रनमै आउट भए।

चाडविक वाल्टनले ६९ रन बनाए भने सन्दिप जोराले ७७ रनको योगदान दिए। यता फारवेस्टका लागि करण केसीले मात्र दुई विकेट गिराए। बाँकी बलरले विकेट लिन सकेनन्।

फारवेस्टका लागि आठौं नम्बरमा मैदान पसेका करण केसीले १७ बलमा ४६ रन बनाएका थिए। त्यस दौरान उनले चार छक्का र तीन चौकासमेत प्रहार गरका थिए। उनले डेढ ओभरमा विस्फोटक ब्याटिङ गर्दै अर्थसतक बनाउनबाट चार रन परै रहे।

corrent noodles
Metro Mart

त्यस्तै ओपनर देव खनालले २२ रन बनाए भने वासिम अन्सारीले ११, हसमतुल्लाह साहिदील १९ रन बना भने भीम सार्कीले ३६ रनको योगदान दिए। अन्तिम ओभरमा मात्र फारवेस्टले २४ रन जोडेको थियो।

यता जनकपुरका लागि ललित राजवंशीले दुई विकेट गिराए भने सोमपाल कामी र जितेन्द्र मुखियाले पनि समान १–१ विकेट लिएका थिए।

यो जितसँगै जनकपुरले चार खेलबाट छ अंक बनाएको छ। ऊ अहिले तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानको लुम्बिनी अलस्टारको आठ अंक रहेको छ।

प्रकाशित: Dec 29, 2022| 16:29 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।