शनिबार, कात्तिक १, २०८२

फारवेस्टले दियो जनकपुरलाई १७० रनको लक्ष्य

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगको आजको दोस्रो खेलमा फारवेस्ट युनाइटेडले जनकपुर रोयल्सलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

कीर्तिपुर– काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगको आजको दोस्रो खेलमा फारवेस्ट युनाइटेडले जनकपुर रोयल्सलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा ओभर खेल्दै छ विकेट गुमाएर १६९ रन बनाएको हो।

Kumaribank

फारवेस्टका लागि आठौं नम्बरमा मैदान पसेका करण केसीले १७ बलमा ४६ रन बनाएका थिए। त्यस दौरान उनले चार छक्का र तीन चौकासमेत प्रहार गरका थिए। उनले डेढ ओभरमा विस्फोटक ब्याटिङ गर्दै अर्थसतक बनाउनबाट चार रन परै रहे।

त्यस्तै ओपनर देख खनालले २२ रन बनाए भने वासिम अन्सारीले ११, हसमतुल्लाह साहिदील १९ रन बना भने भीम सार्कीले ३६ रनको योगदान दिए। अन्तिम ओभरमा मात्र फारवेस्टले २४ रन जोडेको थियो।

यता जनकपुरका लागि ललित राजवंशीले दुई विकेट गिराए भने सोमपाल कामी र जितेन्द्र मुखियाले पनि समान १–१ विकेट लिएका थिए। अहिले जनकपुरको चार अंक छ भने फारवेस्टको दुई अंक रहेको छ। फारवेस्ट तालिकाको पुछारबाट दोस्रो स्थानमा छ भने जनकपुर तेस्रो स्थानमै छ। त्यसैले यि दुवै टिम आज दबाबमा रहेका छन्।

प्रकाशित: Dec 29, 2022| 14:47 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।