शनिबार, कात्तिक १, २०८२

अमेरिकाले कोपा अमेरिकामा सहभागिता जनाउने

कोपा अमेरिका आयोजक कोन्मेबोलले सहभागिताका लागि गरेको प्रस्तावलाई स्वीकारेपछि अमेरिकी टिम प्रतियोगितामा सामेल हुने निश्चित भएको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– सन् २०२४ मा हुने कोपा अमेरिकी फुटबलमा अमेरिकाले पनि सहभागिता जनाउने भएको छ। कोपा अमेरिका आयोजक कोन्मेबोलले सहभागिताका लागि गरेको प्रस्तावलाई स्वीकारेपछि अमेरिकी टिम प्रतियोगितामा सामेल हुने निश्चित भएको हो। 

Kumaribank

योसँगै अमेरिका पाँचांै पटक कोपा अमेरिका खेल्न लागेको हो। यसअघि सन् १९९३, १९९५, २००६ र २०१६ मा पनि अमेरिकाले प्रतियोगितामा सहभागिता जनाएको थियो। चार पटकको सहभागितामा अमेरिकाले दुई पटक प्रतियोगिताको सेमिफाइनलसम्म स्थान बनाइसकेको छ।

कोपा अमेरिका दक्षिण अमेरिकी क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रतियोगिता हो। तर दक्षिणमा हुने प्रतियोगिता भए पनि आयोजक कोन्मेबोलले अमेरिकी टिमलाई प्रतियोगिता खेल्न बोलाउने गर्छ। यसअघि सन् २०१९ मा एसियन टिम कतार र जापानले पनि कोपा अमेरिका खेलेका थिए।

चार वर्षमा दुई पटक हुने प्रतियोगिताको अन्तिम संस्करण अर्जेन्टिनाले जितेको थियो। उसले फाइनलमा ब्राजिललाई पराजित गर्दै उपाधि जितेको थियो।प्रतियोगिताको उपाधि अर्जेन्टिना र उरुग्वेले सर्वाधिक समान १५ पटक जितेका छन्।

प्रकाशित: Dec 29, 2022| 12:53 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।