शनिबार, कात्तिक १, २०८२

नेपाल टी–२० लिगमा पोखराको लगातार पाँचौं हार

विराटनगर सुपर किंग्सलाई दिएको १३६ रनको लक्ष्यमा विराटनगरलाई रोक्न नसकेपछि पोखराले लिगमा पाँचौं हार बेहोरेको हो।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिगमा पोखरा एभरेजन्जर्सले पाँचौं हार बेहोरेको छ। विराटनगर सुपर किंग्सलाई दिएको १३६ रनको लक्ष्यमा विराटनगरलाई रोक्न नसकेपछि पोखराले लिगमा पाँचौं हार बेहोरेको हो।

Kumaribank

अघिल्ला दिन भएको खलमा पनि विराटनगरले पोखरलाई ६ विकेटले हराएको थियो। यी दुवै टिमले आज पनि सोही मैदानमा खेलेका थिए। आजको खेलमा विराटनगरले निर्धारित लक्ष्य ८ बल बाँकी रहँदै ८ विकेट बचाउँदै जित निकालेको हो।

खेलमा टस जितेर पहिले बलिङ रोजेको विराटनगरको यो दोस्रो जित हो। उसले अहिलेसम्म पोखराबाहेक कुनै टिमलाई हाराउन सकेको छैन। आजको जितसँगै विराटनगरले चार अंक बनाएको छ भने पोखरा अंकविहीन छ।

खेलको पहिलो पारीमा कप्तान आन्द्रे म्याककार्थिले तीन विकेट लिएका थिए। पोखराका उपलु थरंगाले २५ रन बनाए भने सुमित महर्जनले २६ रन जोडेका थिए। अविजित रहेका अमिर हम्जाले ३७ रनको योगदान दिए।

दोस्रो पारीमा कमजोर सुरुआत गरी विराटनगरका अर्जुन साउद शून्य बलमै आउट भए। तर गौरवान्सु शर्माले ३३ रन बनाए भने रोहित पौडेलले अविजित ७१ रन बनाए। चौथो नम्बरमा मैदान प्रवेश गरेका हुसैन तलातले पनि २८ रन बनाए। पोखराका ८ खेलाडीले बलिङ गर्दा अमिर हम्जा र जाहिर खानले मात्र एक–एक विकेट लिन सके।

Metro Mart

प्रकाशित: Dec 29, 2022| 12:44 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।