काठमाडौं– अर्जेन्टाइन कप्तान तथा कतार विश्वकप विश्व विजेता बनेका लियोनेल मेस्सीले प्रयोग गरेको होटलको कोठालाई संग्रहालय बनाइने भएको छ। विभिन्न देशका खेलाडीलाई राखिएको होटलका कोठा खाली गरेर सफा गर्ने क्रम चलिरहेका बेला कतारको सरकारले मेस्सी बसेको कोठालाई संग्रहालय बनाउने निर्णय गरेको हो।
मेस्सीले प्रयोग गरेको कोठामा कुनै पनि परिवर्तन नगरी सुरक्षित साथ मानिसलाई देखाइनेछ। कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि आफ्नो नेतृत्वमा अर्जेन्टिनालाई जिताएका मेस्सीको यो विश्वकप पाँचौं तथा अन्तिमसमेत थियो। अन्तिम प्रतियोगितामा अर्जेन्टिनालाई तेस्रो पटक उपाधि जिताउनमा मेस्सीको ठूलो भूमिका छ।