कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्सलाई १३७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ रोजेको विराटनगरलाई अहिले यो लक्ष्य पूरा गर्ने दबाब रहेको छ। किनभने अंकतालिकामा अहिले विराटनगर धेरै पछि रहेको छ। यसले यसअघि तेस्रो खेलमा मात्र पहिलो जित निकालेको छ र तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
त्यसैले पनि विराटनगरले सहज सुरुआत पनि गरिसकेको छ। यता पोखरा एभेन्जर्स विराटनगर भन्दा कमजोर अवस्थामा छ। पाँचौं खेल खेलिरहेको पोखराले अहिलेसम्म जित निकाल्नै सकेको छैन।
त्यसैले आज यि दुवै टिमलाई जितको दबाब रहेको छ। खेलमा निकै कसिलो बलिङ गरेका कप्तान आन्द्रे म्याककार्थिले तीन विकेट लिएका थिए। त्यसदौरान पोखराका उपलु थरंगाले २५ रन बनाए भने सुमित महर्जनले २६ रन बनाएका थिए। अविजित रहेका अमिर हम्जाले ३७ रनको योगदान दिए।