शुक्रबार, फागुन १, २०८२

हालान्डको कीर्तिमानमा म्यानचेस्टरको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ।
 |  बिहीबार, पुस १४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १४, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गरेको छ। आज बिहान सकिएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर दोस्रो स्थानमा उक्लिएको हो।

National life

सिटी १५ खेलमा ३५ अंकका साथ दोस्रो स्थानमा रहँदा समान खेलबाट ४० अंक बनाएको आर्सनल शीर्ष स्थानमा रहेको छ। सिटीलाई जिताउनका लागि अर्लिङ हालन्डले २ गोल गर्दा रोड्रिले १ गोल थपेको थियो।

लिड्सका लागि पास्कल स्टुइकले एक गोल फर्काए। पहिलो हाफको अतिरक्त समयको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए।

५१औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। ७३औं मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए पनि जित दिलाउन पर्याप्त रहेन।

पराजित भएको लिड्स १५ अंकका साथ १५औं स्थानमा रहेको छ। यसैबीच, हालन्डले प्रिमियर लिगमा कीर्तिमान पनि कायम गरेका छन्।

Laxmi sunrise bank

लिड्सविरुद्ध २ गोल गरेका उनले सर्वाधिक छिटो प्रिमियर लिगमा २० गोल पूरा गरेका हुन्।खयसै सिजन सिटीमा आवद्ध भएका नर्वेजियन खेलाडी हालान्डले १४ खेलमा २० गोल पुर्‍याएका छन्।

प्रकाशित: Dec 29, 2022| 09:01 बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।