सोमबार, मंसिर २९, २०८२

टी-२० लिग : विराटनगर किग्संसँग पोखरा एभेन्जर्स पराजित

लगातार चौथो खेलमा हार व्यहोर्ने क्रममा ६ विकेटले पराजित भएको हो।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं- राजधानीमा जारी नेपाल टी-२० लिगमा विराटनगर किग्संले पोखरा एभेन्जर्सलाई पराजित गरि प्रतियोगितामा पहिलो जित हात पारेको छ।

National life

लगातार चौथो खेलमा हार व्यहोर्ने क्रममा ६ विकेटले पराजित भएको हो। प्राविधिक कारण खेल १९ ओभरमा छोट्याईएको खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्यो। विराटनगरका लागि हुसेन तलतले अविजित ५० रन बनाउँदा अर्जुन साउद २५ रनमा आउट भए। कप्तान आन्द्रे म्याकार्थीले २१ तथा पृथु बाँस्कोटाले १५ रन बनाए।

पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २/२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो। 

पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए। कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए। प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए।

विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए। दुबै टोली पहिलो जितको खोजीमा रहेका छन्। दुई खेल खेलेर जित बिहिन बनेको विराटनगर पाँचौ स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 28, 2022| 17:25 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।