आइतबार, वैशाख ३०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • दुःखी मन बनाएर मनाङ मर्स्याङ्दी छाडेका अञ्जनले चर्च बोइजबाट खेल्ने

दुःखी मन बनाएर मनाङ मर्स्याङ्दी छाडेका अञ्जनले चर्च बोइजबाट खेल्ने

अञ्जनले मंगलबार साँझ नै सामाजिक सञ्जालमा लामो र भावुक स्टाटस पोस्ट गर्दै मनाङसँगको चार वर्षे यात्रालाई टुंग्याएको जानकारी दिएका छन्।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– मंगलबार अबेर मात्र सर्वाधिक आठ पटकको ए डिभिजन लिग विजेता क्लब छोडेका घोषणा गरेका अञ्जन विष्ट चर्च बोइज क्लबमा अनुबन्ध भएका छन्। मनाङमा चार वर्ष बिताएका अञ्जन आउँदो एक वर्षको सम्झौता गरेर चर्च बोइजमा अनुबन्ध भएका हुन्।

triton college

उनलाई चर्च बोइजले मासिक दुई लाखभन्दा धेरै पारीश्रामिक दिने चर्चा फुटबल वृत्तमा चलेको छ। तर क्लबले भने यो कुरा खुलाएको छैन। अध्यक्ष टंक लाला राईले चाहिँ अनुबन्धको रकम गोप्य रहेकाले खुलाउन नमिल्ने बताएका छन्।

‘अञ्जनलाई अनुबन्ध गर्न पाउँदा हामी धेरै नै खुसी छौं,’ अध्यक्ष राईले भने, ‘केहि समयबाट अनुबन्धको कुरा चलिरहेको थियो। उसले मनाङमा गरेको प्रदर्शन, त्यहाँ उसको लिडरसिप देखेर नै अनुबन्ध गरेको हो।’ राईले पछिल्लो समय अञ्जनले राष्ट्रिय टिमको अग्रपंक्तिमा ‘डोमिनेटिङ चरित्र’ देखाइरहेका कारण आफ्नो क्लबले उनीबाट धेरै आशा राखेको बताएका छन्।

यता अञ्जनले मंगलबार साँझ नै सामाजिक सञ्जालमा लामो र भावुक स्टाटस पोस्ट गर्दै मनाङसँगको चार वर्षे यात्रालाई टुंग्याएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘क्लबको हितभन्दा आफू अनुकूल क्लब चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु।’

पछिल्लो समय राष्ट्रिय टिमका उत्कृष्ट खेलाडी हुन् अञ्जन। मनाङबाट ए डिभिजनको उपाधि समेत जितेका खेलाडीले बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गरेपछि व्यक्तिगत खातामा ११ गोल पुर्याएका छन्। उनी अब सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गर्नबाट दुई गोलले मात्र पछि रहेका छन्।

corrent noodles
Metro Mart

आफू उत्कृष्ट फर्ममा रहेको समयमा उनले मनाङ छोडेका छन्। पछिल्लो लिगमा निकै आकर्षक प्रदर्शन गरे पनि उनले मनाङलाई जित दिलाउन भने सकेनन्। तर उनले मोफसलमै सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप भने जिताएका थिए।

त्यसपछि पनि क्लबमा रहेका उनी अहिले बाहिरिए। पटक पटक क्लबमा राम्रो व्यवस्थापन हुने आशाका साथ बसे पनि मनोमानी ढंगबाट क्लब चलाइरहेको उनले आरोप लगाएका छन्।

‘कति समय अन्य क्लबबाट निकै राम्रो प्रस्तावहरू आए पनि क्लब र क्लबलाई मनैदेखि माया गर्ने समर्थकको मायाले गर्दा यस क्लबबाट अन्त जाने सोच कहिल्यै मनमा आएन,’ अञ्जन अगाडि लेख्छन्, ‘जुन क्लबलाई मनदेखि दोस्रो घर सोचेर अगाडि बढेको थिएँ, त्यसमा केही व्यक्तिहरूले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक पटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार चलाइयो।’

अहिले मोफसलका फुटबल प्रतियोगिता सुरु भएसँगै विभिन्न क्लबमा खेलाडी अनुबन्धको प्रकृया सुरु हुँदैछ। यसअघि ए डिभिजन क्लब संकटाले ६ खेलाडी अनुबन्ध गरेको जानकारी दिएको छ। उसले अनुबन्ध गरेका छ खेलाडीमा सुनिल राईदेखि, आयुष घलान छन्। त्यस्तै, डिफेन्डर गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो।

आजबाट पोखरामा आहा! रारा पोखरा गोल्डकप सुरु भएको छ। यो प्रतियोगिताले पनि खेलाडीको अनुबन्धलाई अघि बढाउन सहयोग गरेको हो। पोखरा गोल्डकपमा संकटासँगै चर्च बोइजले पनि भाग लिएको छ। चर्च बोइजले १५ पुसमा नेपाल पुलिस क्लबविरुद्ध खेल्ने छ। उक्त खेलमा अञ्जन विष्टले खेल्ने अनुमान गरिएको छ। चर्च बोइज क्लब अघिल्लो संस्करणको सहिद स्मारक बि डिभिजन क्लबबाट ए डिभिजन क्लबमा बढुवा भएको थियो।

यता मनाङले भने ए डिभिजन लिगमा पोखरा रंगशालालाई घरेलु मैदान बनाएको छ। तर अञ्जनले क्लबमा राम्रो व्यवस्थापन भए पुनः क्लबमा फर्किने पनि जानकारी दिएका छन्। उनी लेख्छन्, ‘यो क्लब मेरो मनमा सधैं हुनेछ, राम्रोसँग फुटबल बुझ्ने, क्लब र खेलाडीको हितमा काम गर्ने मान्छे यस क्लबको कार्यसमितिमा आए म भविष्यमा पुनः यस क्लबमा जोडिने ढोकाहरू खुल्लै रहेको कुरा पनी जानकारी गराउन चाहन्छु।’

तीन वर्षअघि मनाङका अधिकांश खेलाडी मनाङ छोडेर मछिन्द्र लगायतका क्लबमा अनुबन्ध भएपछि अञ्जनले मनाङको कप्तानीको जिम्मेवारी पाएका थिए। त्यसपछि उनको खेलमा थप सुधार हुँदै आएको छ।

तर डेढ वर्षअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भने उनको प्रदर्शन सन्तोषजनक नभएपछि आलोचित पनि बनेका थिए। यद्यपि उनले राष्ट्रिय टिमबाट पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा मनाङबाट खेल्ने सपना रहेको कुरा पनि उल्लेख गरेका छन्। सानैबाट मनाङदेखि खेल्ने सोख भएका उनले फुटबल चाहिँ विभागीय क्लब एपिएफबाट सिकेका थिए। मनाङमा अनुबन्ध हुनुअघि अञ्जन एपिएफमा थिए। ‘फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ,’ उनले क्लबसँगको भावनात्मक सम्बन्धबारे लेखेका छन्, ‘विगतका केही वर्षहरूमा बिना स्वार्थ यस क्लबबाट खेल्दै, पछिल्लो केही वर्ष यता कप्तानी सम्हाल्ने मौका पाउदै आएको थिएँ।’ 

प्रकाशित: Dec 28, 2022| 15:26 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।