सोमबार, मंसिर २९, २०८२

टी२० लिगमा लुम्बिनीको लगातार चौथो जित

जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं– जारी नेपाल टी ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले फर वेस्ट युनाइटेडलाई सुपर ओभरमा ९ रनको जित निकालेको  छ। टियु मैदानमा फारवेस्टले दिएको १ सय ३८ रनको लक्ष्य २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

National life

लुम्बिनीका लागि गुलसन झाले अविजित ३६ तथा लाहिरु मिलन्था ३४ रन बनाए। त्यस्तै विपुल शर्मा ३१ रन बनाए। उता फारवेस्टका लागि करण केसी र शेर मल्लले समान २–२, उमर अलि, रशिद खान,कप्तान हजमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। उसका लागि देव खनालले सर्वाधिक ४८ रन बनाए। कप्तान हसमतुल्लाह शाहिदी ३२ रन, बिक्रम शोब १५, करण केसी १२, बिनोद भण्डारी र हसिम अन्सारीले समान ११–११ रन बनाए । 

लुम्बिनीका लागि शेडलीले २ विकेट लिँदा किशोर महतो, सागर ढकाल र हरमिता सिंहले समान १–१ विकेट लिएका थिए।

यो जितसँगै लुम्बिनी ४ खेलमा चारै जितका साथ ८ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ ।

Laxmi sunrise bank
kumari

उता पराजित भएको फार वेस्ट चौथो स्थानमा रहेको छ ।

प्रकाशित: Dec 28, 2022| 13:21 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।