बुधबार, मंसिर १७, २०८२

शपथ ग्रहणमा जे देखियो [तस्बिरहरु]

शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थित थियो।
 |  सोमबार, पुस ११, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, पुस ११, २०७९

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

National life

शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थित थियो।

प्रचण्ड आइतबार नेपालका ४४ औँ प्रधानमन्त्री नियुक्त भएका थिए। उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। नयाँ सरकारमा तीन उपप्रधानमन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरुको जिम्मेवारी पछि तोकिने छ।


Laxmi sunrise bank
kumari









प्रकाशित: Dec 26, 2022| 17:52 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।