शुक्रबार, पुस २५, २०८२

यू–२३ भलिबलमा नेपालले आज श्रीलंकासँग खेल्दै

बांग्लादेशमा जारी पहिलोपटक आयोजना भइरहेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दै छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- बांग्लादेशमा जारी पहिलोपटक आयोजना भइरहेको यू–२३ सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो  खेलमा नेपालले आज श्रीलंकाविरुद्ध खेल्दै छ। श्रीलंका विरुद्ध नेपालको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ। 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बांग्लादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल आज श्रीलंकालाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ। उता श्रीलंका पनि प्रतियोगितामा पहिलो जितकै खोजीमा रहेको छ। पहिलो खेलमा श्रीलंका किर्गीस्थानसँग पराजित भएको थियो। चार टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले तेस्रो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। 

नेपाली टिमः
धिरज कुमार बस्नेत (कप्तान), रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ ९लिवेरो०।

प्रकाशित: Dec 23, 2022| 12:50 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।