सोमबार, जेठ १५, २०८०
  • गृहपृष्ठ
  • फोटो
  • बंगलादेशसँग भिड्नुअघि नेपाली टिमको तयारी [तस्बिरहरू]

बंगलादेशसँग भिड्नुअघि नेपाली टिमको तयारी [तस्बिरहरू]

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। नेपाली टोलीले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

बंगलादेश- काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज (बुधबार) बंगलादेसँग खेल्दैछ। खेलअघि प्रतिक्रिया दिँदै नेपाली टिमका मूख्य प्रशिक्षक जगदीश भट्टले नेपालले आज जितका लागि खेल्ने बताएका छन्।

Everest Bank

खेलाडीमा तयारी र अनुभवको कमि भएपनि टिमले आफूसँग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने उनले बताएका छन्। ‘पहिलो पटक काभा यू-२३ पुरुष भलिबल टिम तयार पारेका हौं। खेलाडीमा अनुभवको कमि छ। हामीले तयारी पनि एक महिनाको गरेका छौ। आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने।

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। नेपाली टोलीले पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ। 


तर, बलियो बंगलादेशसँग जित निकाल्न नेपाललाई सहज भने छैन। नेपाली टोलीले प्रतियोगिताका लागि मात्र एक महिना तयारी गरेको थियो।

National life insurance
Metro Mart

काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार  बंगलादेशको राजधानी ढाका आएको थियो। च्याम्पियनसिप आज देखि पुष ११ गतेसम्म आयोजना हुनेछ। 


च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छन्। नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ।

नेपाली टोली:
धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ




 




प्रकाशित: Dec 22, 2022| 01:24. 39 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्