बुधबार, मंसिर १७, २०८२

संसद्‍मा झल्किएको देश [तस्बिरहरु]

चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका संघीय संसद्का सदस्यहरुको शपथग्रहण आज बिहीबार हुँदैछ।
 |  बिहीबार, पुस ७, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बिहीबार, पुस ७, २०७९

काठमाडौं– चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका संघीय संसद्का सदस्यहरुको शपथग्रहण आज बिहीबार हुँदैछ।

National life

शपथका लागि दिउँसो १ बजेको समय तोकिएको छ। सबैभन्दा बढी उमेरका सांसद पशुपतिशमशेर राणाले बाँकी २७५ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। राणाले भने हिजै राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहानैदेखि चहलपहल छ। नवनिर्वाचित सांसदहरु निकै स्फुर्तिका साथ संसद् भवन पुगेका छन्। कतिपय सांसद आफ्नो समुदायको मौलिक भेषभुषामा सजिएका छन् भने कतिपय दौरा सुरुवालमा ठाँटिएका छन्। केही भने कोट प्यान्टमा छन्। महिला सांसद धेरैजसो मौलिक पोशाक वा साडीमा छन्। नेकपा एमालेले त सबै सांसदलाई राष्ट्रिय पोशाक लगाएर जान भनेको छ।

सांसदहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिन संसद् सचिवालयले आग्रह गरेको छ। प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित संघीय संसद् सचिवालयमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

Laxmi sunrise bank
kumari

 


प्रकाशित: Dec 22, 2022| 13:00 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।