शुक्रबार, कात्तिक २८, २०८२

गोल्डेन बुटमा मेस्सीको अग्रता कायमै

फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता कायमै राखेका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

काठमाडौं- फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता कायमै राखेका छन्। फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा मेस्सीको अग्रता कायमै रहेको हो।

National life

गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रूपमा हेरिएको छ। अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ।

गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ। दुवै खेलाडीले ५-५ गोल गरेका छन्। असिस्टको आधारमा मेस्सी सूचिको शीर्षस्थानमा छन्। फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ। असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन्। हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ।

मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन्। पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए। तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन्। नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन्। अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन्।

यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन्। नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन्। पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे। पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 15, 2022| 07:00 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।