बिहीबार, कात्तिक २७, २०८२

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ। आयोगको आइतबार साँझ बसेको बैठकले मंसिर १५ गतेभित्र मतदान गराउन सम्बन्धित निर्वाचन कार्यालयलाई निर्देशन दिएको हो।  

जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले  पुनः मतदान गर्ने निर्णय गरेको हो। ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो।

दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको प्रतिवेदन टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा ७ केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरिएको छ। स्याङ्जा र बाजुराको भने रिपोर्ट नआएकाले निर्णय भएको छैन।

प्रकाशित: Nov 27, 2022| 18:03 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।