बिहीबार, कात्तिक २७, २०८२

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन-२ का उम्मेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाएका छन्। विदेशी नागरिकता लिनका लागि नेपाली नागरिकता त्याग गरेको तर पुनः नेपाली नागरिकता कायम नगरी निर्वाचनमा उम्मेदवार बनेको भन्दै उजुरी परेपछि रविले स्पष्टीकरण दिएका हुन्। 

National life

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

लामिछानेले बुझाएको स्पष्टीकरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको ७ दिनको म्याद सकिने दिनमा रविले स्पष्टीकरण बुझाएका हुन्।

लामिछानेले बुझाएको स्पष्टीकरण सिधै निर्वाचन आयोगमा पठाइने र निर्वाचन आयोगले नै उनका सम्बन्धमा निर्णय गर्ने कार्यालयले जानकारी दिएको छ। 

जारी चितवन-२ को मतगणनामा रविले अग्रता लिइरहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 22, 2022| 21:30 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।