कुनै व्यक्तिको मुत्युवरणपछि धेरैका आँखा रसाउँछन् । त्यसमा पनि समाजको विकासका लागि उसले पुर्याएको योगदानले कति मानिसको आँखामा आँसु आउँछ त्यो उसको जीवनमा भएको कामले दर्शाउने कुरा हो ।
नेपाली समाजमा पनि आफ्नो मृत्युपछि पनि राम्रोसँग संस्कार सम्पन्न होस भन्नका लागि कुकुरको जस्तो मृत्यु नहोस भन्ने गरिन्छ । सडकमा ज्यान गुमाएको एउटा कुकुरले वरपरको वातावरण दुर्गन्धित नबनाएसम्म त्यसको सतगत हुँदैन । तर, त्यसको ठीक विपरित इटालीमा एउटा कुकुरको मृत्युले लाखौ सर्बसाधारणलाई रुवाएको छ ।
काओस नाम गरेको कुकुरको मृत्युले धेरैको मन दुखायो भने लाखौ मानिसले आँसु झारेका छन् । काओसको (जर्मन सेर्फड) मालिकले उनको मृत्युको खबर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनका लागि सहानुभुती र समवेदना लेख्दै उनीसँग जुडेका यादहरु मानिसहरु साटासाट गर्दै छन् ।
फेसबुक पोष्टलाई करिब ६६ हजार मानिसहरुले सेयर गर्दै श्रदाञ्जली व्यक्त गरेका छन् । कोओसका मालिक फाबियानो इटोरका अनुसार उनको मृत्यु विष सेवनबाट भएको हो ।
कयौ मानिसको ज्यान बचाएपछि हिरो भएको थियो काओस
काओस हामीले देख्ने जस्तो सामान्य कुकुर थिएन । उसले २०१६ को अगस्टमा इटालीमा आएको शक्तिशाली भूकम्पमा परेका धेरै मानिसलाई बचाएको थियो । काओसका मालिक इटोरले सामाजिक सञ्जालमा भावुक हुँदै ‘त्यँहा पनि आफ्नो कामलाई निरन्तरता दिनु र हराएका मानिसहरुको खोजी गर्दै जीन्दगी बचाउनु थियो । धेरै मानिसको उद्धार गरेको काओस बचाउन सकिए,’ भनेर लेखेका छन् ।
प्राकृतिक भुकम्पमा परेर धेरैले ज्यान गुमाएका थिए, पुरिएका धेरै मानिसलाई काओसले खोजी खोजी निकालेको थियो । यो घटनापछि इटालीका जनताले कुकुरलाई ‘हिरो डोग’ नाम दिएका हुन् ।
एकदिन अगाडी इटोरले फेसबुकमा काओस हराएको खबर सार्वजनिक गरेका थिए । सामाजिक सञ्जाल मार्फत उनले काओस भेटिएमा उनलाई अपिल गर्न अनुरोध गरेका थिए । त्यसको लगत्तै केही घण्टामा इटोलले काओसको मृत्युको खबर पनि सार्वजनिक गरे ।
उनले लेखे, ‘तिमीले दिनरात एक गरेको थियौ, तिमी एक बफादार मित्र थियौ, मेरो मित्र दौड, कहिले नरोक ।’
काओस इटोरसँग मध्य इटालीमा बस्थे । इटोरले उनको तस्विर चिहानमा फूल अर्पण गरी अन्तिम श्रदाञ्जली दिए । करिब ५० हजार मानिसहरुले उनको सम्झनामा ट्वीट लेखेका छन् । र करीब १२ हजार मानिरहरु भुकम्पमा काओसले गरेको सहयोग सम्झेर दुःखी छन् । बिबिसीको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४