चितवनको क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले निरन्तर अग्रता लिएका छन्।
यो क्षेत्रको १५ हजार पाँच सय मत गनिसक्दा राप्रपाका पाण्डेले ४ हजार १८८ मत ल्याउँदै अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बरालले ३ हजार ६५६ मत ल्याएर दोश्रो स्थानमा छिन्।
यो क्षेत्रमा स्वतन्त्र पार्टीको खासै प्रभाव देखिएको थिएन तर हालसम्म अस्वाभाविक मत देखिएको छ। तेस्रो स्थानमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले ३ हजार ५७९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालले २ हजार ९५४ मत ल्याएका छन्।