शुक्रबार, मंसिर १२, २०८२

बुबालाई ४८५ मतले हराएका तुलाचन छोरासँग ९१४ मतले पराजित

मुस्ताङबाट प्रतिनिधिसिभा सदस्य निर्वाचनमा २९ वर्षिय योगश गौचन थकाली निर्वाचित भएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मुस्ताङबाट प्रतिनिधिसिभा सदस्य निर्वाचनमा २९ वर्षिय योगश गौचन थकाली निर्वाचित भएका छन्। उनले निवर्तमान सांसदसमेत रहेका एमालेका ६० वर्षीय प्रेम प्रसाद तुलाचनलाई पराजित गरेका हुन्। 

तुलाचन तिनै हुन् जसले २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा योगेशका बुबा रोमी गौचन थकालीलाई पराजित गरेका थिए। तुलाचनले रोमीलाई ४८५ मतले पराजित गरेका थिए। तर, रोमीका छोरासँग भने तुलाचन ९१४ मतले पराजित बनेका छन्।  

०७४ सालमा तुलाचन ३ हजार ३१७ मत ल्याएर विजयी भएका थिए। रोमीले २ हजार ८३२ मत प्राप्त गरेका थिए। यसपटक ३ हजार ९९२ मत प्राप्त गरेर विजयी हुँदा एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे। यसअर्थमा पिता पराजयको बदला योगेशले तुलाचनसँग लिएका छन्।

प्रकाशित: Nov 21, 2022| 12:03 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।