आइतबार, चैत १९, २०७९

कडा सुरक्षाबीच देवचुलीमा मतदान जारी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिका–४ मा मतदान जारी छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिका–४ मा मतदान जारी छ। आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो। नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने जानकारी दिए।

National life insurance

मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नम्बर १ को मतगणना गरिने उनले बताए। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए। 

दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा करिब ६६ प्रतिशत मतदान भएको छ। जिल्लामा ९६ हजार ६ सय ८० महिला तथा ७६ हजार पाँच सय पुरुष र एकजना तेस्रो लिंगी मतदातासहित एक लाख ७३ हजार एक सय ८१ मतदाताले मतदान गरेका छन्।

जिल्लाका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये तीन सय एक मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। दुईवटा प्रतिनिधिसभा तथा चारवटा प्रदेशसभा निर्वाचन रहेको जिल्लामा  दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन्। 

प्रकाशित: Nov 21, 2022| 11:08. 08 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।