सोमबार, कात्तिक १७, २०८२

बूढीगंगामा पटाका पड्किएपछि रोकिएको मतदान पुन: सुरु

विष्फोट ठूलो आवाजसहित भएको भएपनि प्रहरी अनुसन्धानले पटाका पड्किएको देखाएको दाहालले जानकारी दिए। दाहालका अनुसार बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा पुगेका मतदाता तितरबितर भएका थिए।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९
Kumaribank
Metro Mart

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर ६ स्थित बूढीगंगा गाउँपालिका-१ करैया देवीस्थान केन्द्र नजिक पटाका पड्किएसँगै रोकिएको मतदान कार्य फेरि सुरु भएको छ। मतदान केन्द्र विस्फोटको ठूलो आवाज आएसँगै रोकिएको मतदान कार्य पुनः सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए। 

विष्फोट ठूलो आवाजसहित भएको भएपनि प्रहरी अनुसन्धानले पटाका पड्किएको देखाएको दाहालले जानकारी दिए। दाहालका अनुसार बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा पुगेका मतदाता तितरबितर भएका थिए।

बिहान करिब पौने १० बजे मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको अवस्थामा विष्फोटको आवाज आएको थियो। विष्फोटसँगै मतदाताहरूमा त्रास देखिएको थियो। अहिले स्थिति सामान्य छ। विस्फोटपछि करिब साढे ३ घण्टा मतदान कार्य रोकिएको थियो। 

प्रकाशित: Nov 20, 2022| 16:07 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।