काठमाडौं– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ। ‘क’ केन्द्रमा रहेको प्रदेशसभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।
आगो कसले लगायो भन्ने खुलेको छैन। मतपेटिका जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ। ८४० जना मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो।