बुधबार, मंसिर १७, २०८२

ललितपुरमा मतदान केन्द्र बनाउन धमाधम [फोटो फिचर]

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए।
 |  शनिबार, मंसिर ३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर ३, २०७९

ललितपुरआइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ। निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

National life

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलमा परिचालन गरिएको छ। मतदान स्थल र मतदान केन्द्र निर्माणमा कर्मचारीहरू खटिएका छन्। आज साँझसम्ममा सबै स्थल र केन्द्र तयार हुने उनले बताए। 

ललितपुरमा यसपालि खास सुरक्षा चुनौती देखिएको छैन। राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएको पोखरेलले जानकारी दिए। 

जिल्लाभर एक सय ३१ स्थानमा रहेका दुई सय ९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ। निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी खटिएको पोखरेलले जानकारी दिए।

'निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, जिल्लाका सबै सीमा नाकामा निगरानी गरिएको छ,' पोखरेलले भने, 'सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्त रूपमा खटिएका छन्। हामीले पूरा तयारीका साथ सबै स्थानमा सूरक्षाकर्मीलाई परिचालित गराएका छौँ।'

Laxmi sunrise bank
kumari

प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल दुई लाख ५० हजार चार सय १० जना मतदाता छन् । क्षेत्र नं १ मा ७४ हजार तीन सय ९७ जना, क्षेत्र नं. २ मा ८१ हजार आठ सय ९७ जना र क्षेत्र नं. ३ मा ९४ हजार एक सय १६ मतदाता छन्।

कारागारका कैदीबन्दी र कर्मचारीका लागि नख्खु कारागार नख्खुमा र नमुना मच्छिन्द्र मावि लगनखेलमा गरेर दुईवटा स्थानमा अस्थायी मतदान केन्द्र राखिएका छन्।

प्रकाशित: Nov 19, 2022| 17:05 शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।