बिहीबार, असार ४, २०८३

रवीन्द्र मिश्रसँग घरदैलोमा मनीषा [तस्बिरहरू]

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।

National life

पछिल्लो समय राप्रपाका आमसभाहरूलाई सम्बोधन गरिरहेकी मनीषा मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा उम्मेदवार मिश्रसँगै घरदैलोमा पुगेर भोट मागेकी हुन्।

घरदैलोका क्रममा बबरमहलमा आयोजित कोणसभामा मिश्रले कोइरालाप्रति आभार व्यक्त गरे। उनले भने, ‘धेरैले बीपी कोइरालाको आदर्शलाई बिर्सेर हिँडिराखेको बेलामा त्यसलाई अटल राख्नुपर्छ। त्यसबाट मात्र यो देशको हित र भलो हुन्छ बीपीले बोलेको आदर्श नै यो देशका लागि सबैभन्दा उपयुक्त आदर्श हो।’

मनीषा बीपीकी नातिनी हुन्। ‘एकचोटी फेरि उहाँ (मनीषा) को हजुरबुबालाई सम्झनुपर्ने आवश्यकता छ, जसले अत्यन्तै प्रतिकूल अवस्थामा र आफ्नो सरकार भंग वा जेलमा बस्दा पनि देशलाई हितमा राखेर हिँड्नुभयो। यो देश बन्यो भने हामी सबै बन्छौं,’ मिश्रले भने।


Shivam cement






प्रकाशित: Nov 15, 2022| 12:47 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।