शनिबार, जेठ ५, २०८१

च्याम्पियन्स लिगको अन्तिम १६ समीकरण : बार्सिलोना युरोपा लिगमा

समूह ‘सी’ बाट बायर्न म्युनिख र इन्टर मिलानले अन्तिम १६ को स्थान सुरक्षित गर्दा भिक्टोरिया प्लाजेन र बार्सिलोना युरोपा लिगमा झरेका छन्।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- नयाँ सिजन सन् २०२२/२३ सुरु भएसँगै युरोपमा घरेलु लिगहरु सुरु भइसकेका छन्। च्याम्पियनस लिग पनि सुरु भइसकेको छ। कतारमा अर्को महिना हुने फिफा विश्वकप हुनुअघि च्याम्पियन्स लिगमा अन्तिम १६ का सबै टिमहरुको टुंगो लाग्ने क्रम जारी छ। अन्तिम १६ मा पुग्न नसक्ने टिमहरु युरोपा लिगमा झरेका छन्।

triton college

च्याम्पियन्स लिग समूह ‘ए’ बाट लिभरपुल र नापोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। त्यस्तै आयाक्स र रेन्जर्स युरोपा लिगमा झरेका छन्।

समूह ‘बी’ बाट  पोर्टो र क्लब ब्रुगाले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। त्यस्तै एथ्लेटिको मड्रिड र बायर लेभरकुसेनले भने अन्तिम १६ मा स्थान बनाउन सकेनन्। तुलनात्मक रुपमा बलियो मानिएको एथ्लेटिको एक दशकपछि युरोपा लिगमा झरेको हो।

समूह ‘सी’ बाट बायर्न म्युनिख र  इन्टर मिलानले अन्तिम १६ को स्थान सुरक्षित गर्दा भिक्टोरिया प्लाजेन र बार्सिलोना युरोपा लिगमा झरेका छन्। समूह ‘डी’ बाट टोटेनहम र स्पोर्टिङ लिस्बन समूह तालिकाको क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् जसले गर्दा यी दुई टोलीको अन्तिम १६ मा स्थान सुरक्षित हुने सम्भावना कायमै छ। तर चारै टिमबीच दुई अंकको मात्रै फरक रहेको छ। समूह चरणको अन्तिम खेलको नतिजा नआएसम्म मार्से र इनट्राक्ट फ्रान्कफर्टको पनि सम्भावना सकिएको छैन।  

समूह ‘ई’ बाट चेल्सीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। उता आरबी साल्जबर्ग र एसी मिलानमध्ये एक टोलीले अन्तिम १६ मा  स्थान बनाउने छ भने दिनामो जाग्रेब भने युरोपा लिगमा झरिसकेको छ।

corrent noodles
Metro Mart

समूह ‘एफ’ बाट साबिक विजेता रियल म्याड्रिड र आरबी लाइपजिगले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै शाख्तर डोनेस्क र सेल्टिकले युरोपा लिग खेल्नेछन्।

समूह ‘जी’ बाट म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। त्यस्तै  एफसी कोपनहेगन र सेभिल्लाले अन्तिम १६ मा स्थान बनाउन सकेनन्।

समूह ‘एच’ बाट  पेरिस सेन्ट जर्मेन (पिएसजी) र  बेन्फिकाले अन्तिम १६ मा स्थान बनाउँदा म्याकाबी हाइफा र युभेन्ट्सले भने युरोपा लिग खेल्ने भएका छन्।

अन्तिम १६ मा पहिलो लेगका खेलहरु सन् २०२३ फेब्रुअरी १४/१५ र २१/२२ मा हुनेछन्। त्यसपछि दोस्रो लेगका खेल मार्चको ७/८ र १४/१५ मा सकिनेछ।

क्वाटर फाइनल– अप्रिलमा पहिलो लेग ११/१२ मा र दोस्रो लेग १८/१९ मा हुनेछ। 

सेमिफाइनल– पहिलो लेगको खेल मे ९/१० र सोही महिनाको १६/१७ मा दोस्रो लेगका खेल हुनेछन्। 

फाइनल– प्रतियोगिताको फाइनल खेल सन् २०२३ जुन १० मा टर्कीको स्तानबुलमा हुनेछ।

बार्सिलोना फेरि पनि युरोपा लिगमा 
बार्सिलोनाले १८ वर्षपछि सन् २०२१/२२ को सिजन युरोपा लिग खेल्न बाध्य भएको थियो। आफ्ना मुख्य खेलाडी तथा कप्तान लियोनल मेस्सीलाई आर्थिक संकटका कारण बार्सिलोनाले बेच्न बाध्य भयो। त्यसपछि कमजोर बनेको बार्साले शून्य उपाधिमै उक्त सिजनको समापन गर्यो। त्यसपछिको अर्को वर्ष अर्थात् सन् २०२२/२३ मा बार्सिलोनाले आर्थिक संकटकै बीच क्लबमा राम्रा खेलाडीहरुलाई क्लबमा भित्र्यायो। बार्सिलोनाले बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीलाई क्लबमा भित्र्यायो। यो ट्रान्सफरले त यो वर्षको ट्रान्सफर विन्डोमा ठूलै तहल्का पनि ल्यायो। उनीसँगै लिड्स युनाइटेडबाट ब्राजिलियन विंगर राफिन्हा, एसी मिलानका मिडफिल्डर फ्रान्क किस्सी, सेभिल्लाका डिफेन्डर कोउन्डे र चेल्सीका डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो।

नयाँ सिजनको सुरुवातमा बार्सिलोना अट्याक र डिफेन्स दुवै मजबुद हुने आशा गरिएको थियो। लेवानडोस्की, डेम्बेले, राफिन्हा, फाति, मेम्फिस डिपे, फेरान टोरेस लगायतका खेलाडीले विपक्षी टिमको रक्षा पंक्तिलाई सजिलै समस्यामा पार्न सक्थे। बार्सिलोनाको आक्रमणमात्र सुधार भएको थिएन, रक्षापंक्ति पनि उत्तिकै सुदृढ बनेको थियो। टिमको अग्रपंक्ति जसरी ठ्याक्कै मिलेको देखिन्छ, रक्षापंक्तिमा भने त्यस्तो भएको थिएन। आन्द्रेस क्रिस्टेन्सन, जुलेस काउन्डेको उपस्थितिले क्लबको रक्षापंक्ति बलियो देखिएको थियो। टिममा रोनाल्ड एराजु, जेरार्ड पिके र एरिक गार्सिया जस्ता खेलाडी त यसअघिदेखि नै थिए।

ट्रान्सफर विन्डोमा सबैभन्दा राम्रा खेलाडी अनुबन्ध गरे पनि बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा शिर्ष दुईमा रहँदै अन्तिम १६ मा पुग्न भने सकेन। योसँगै बार्सा लगातार दोस्रो पटक युरोपा लिग खेल्न बाध्य भयो। आफ्नो टिम युरोपा लिगमा धकेलिएपछि क्लबका प्रशिक्षक जाभीले आफ्ना खेलाडीले च्याम्पियन्स लिगलाई विशेष ध्यान दिएर नखेलेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। स्पेनिस मिडिया मार्काका अनुसार जाीले भनेका छन्, ʻच्याम्पियन्स लिग जित्नु क्लबको उद्देश्य थियो। तर मेरा खेलाडीहरुले यस प्रतियोगितालाई त्यति विशेष ध्यान गरेर खेलेनन्। म उनीहरुको प्रदर्शनबाट खुशी छैन। अब क्लबमा नयाँ पुस्ता सुरु भएको छ। हामीले शून्यदेखि शुरु गरेका छौं र त्यसैले हामीलाई एक दिन सफलता दिनेछ।ʼ

समूह ‘सी’ मा रहेको बार्सिलोनासँगै बायर्न म्युनिख,  इन्टर मिलान, भिक्टोरिया प्लाजेन रहेका थिए। हुन त यो समूहलाई ग्रुप अफ डेथको रूपमा पनि हेरिएको थियो। किनकि बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान तीन टोली नै जारी सिजन र विगतमा पनि राम्रो मानिने टिमहरु हुन्। तिनै क्लब ठूला क्लबका रूपमा प्रख्यात छन्। यी तीनमध्ये एउटाले अन्तिम १६ मा स्थान बनाउन नसक्ने थियो। 

बार्सिलोना पछिल्ला केही सिजन च्याम्पियन्स लिगमा निराशाजनक प्रदर्शन गर्दै आइरहेको छ। सन् २०१५ को च्याम्पियन्स लिग उपाधि जितेपछि उसको प्रदर्शन निराशाजनक छ।


प्रकाशित: Nov 02, 2022| 11:38 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।