बिहीबार, जेठ ७, २०८३

बागमती नदीबाट अस्ताउँदो सूर्यलाई अर्घ्य [फोटो फिचर]

नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, कात्तिक १३, २०७९
National life
Shivam cement

काठमाडौं- पशुपति क्षेत्रको गुह्येश्वरी-गौरीघाट बाग्मती नदीबाट अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ। प्रत्येक वर्ष छठपर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ। यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भिड लागेको छ।

नदी किनारका दायाँबायाँ फूलमालालगायत सामग्रीले आकर्षक रुपमा सजावट गरी राखिएको छ।

यसवर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, विभिन्न स्थानका नख्खु खोला र विष्णुमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ। जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिएको छ।  

प्रकाशित: Oct 30, 2022| 18:36 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।