शुक्रबार, चैत १०, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • सूर्यबहादुर थापा नेपाली राजनीतिका सुप्रसिद्ध व्यक्ति : प्रधानमन्त्री देउवा

सूर्यबहादुर थापा नेपाली राजनीतिका सुप्रसिद्ध व्यक्ति : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले स्व थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए। सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे।
 |  बिहीबार, असोज ६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ६, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रुपमा स्मरण गरेका छन्। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको 'मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री' लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

National life insurance

प्रधानमन्त्री देउवाले स्व थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए। सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे। उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने उल्लेख गरे। 

‘सूर्य थापा नेपाली राजनीतिक इतिहासमा सुप्रसिद्ध व्यक्ति हुनुहुन्छ। आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल हुनुभयो। उनको जीवन कालमा मुलुकमा धेरै सकारात्मक कामहरु भए। मुलुकले इतिहासमा पहिलोपटक जनमतसंग्रह समेत उहाँकै कार्यकालमा भएको थियो,' उनले भने, 'नेपाली राजनीतिका विभिन्न आरोह, अवरोह भोग्नुपरेका सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि एउटा गतिलो कृति हुनेछ। यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरुका लागि यादगार कृति हुने विश्वास लिएको छु।'

प्रधानमन्त्री देउवाले स्व थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको पनि उल्लेख गरे। 

प्रकाशित: Sep 22, 2022| 06:51. 04 बिहीबार, असोज ६, २०७९