बिहीबार, असार ३२, २०८३

ट्याटु आर्टिस्ट कालाकाले काटे आफ्नै नाक र कान !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कोलम्बिया- कोलम्बियाका ट्याटु आर्टिस्ट कालाका, खास नाम इरिक यइनीर हेन्कपाई रामीरेजले आफ्नो नाकको आधा भाग काटेका छन्। उनले आफ्नो कान पनि काटेका छन्। 

उनले मानव खप्पर निकै मनपर्ने बताए। उनले आफु जिउँदो हुँदा नै जीवित मानव खप्परको सचित्रण गर्ने खोजको बताए। २२ वर्षिय, इरिक रक यइनीर हेन्कपाई रामीरेजले दुई वर्षदेखि आफ्नो अनुहारको परिवर्तनको लागि ट्रिटमेन्ट गराएको थिए। उनले आफ्नो नाकको तल्लो भाग काटेका छन् भने कान पनि काटेका छन्।

त्यस्तै, उनले सम्पूर्ण अनुहार तथा खप्पर ट्याटु खोपेका छन्। खोपेको ट्याटु आँखाको वरपर सुकेका आँखा जस्ता गरेका छन्। त्यस्तै, ओठमा बाहिरी भागमा पनि ठूला ठूला दाँत आकारमा बनाएका छन। 

यस बाहेक उनले जिब्रो पनि दुई भागमा छेडेका छन्। छेडेका जिब्रा निलो–खैरो रंग लगाएका छन्। उनले आफ्नो टाउको पनि पूर्ण रूपमा खौरिएको छन्।  


उनलाई सानैदेखिको मानव खप्परसँग प्रेम रहेको डेली मेललाई बताएका थिए। सार्वजनिक स्थानमा हिड्दा मानिसहरूले अच्मित प्रतिक्रिया दिए पनि उनलाई कुनै प्रभाव नपार्ने बताउँछन्। उनलाई आफ्नो नयाँ स्वरूपमा आनन्द आएको बताए।

आफ्नो शरीरको ‘मोडिफिकेसन’ व्यक्तिगत रोजाइ रहेको र यसलाई अनावश्यक टिप्पणी गर्नु उचित नरहेको बताए। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।