बिहीबार, साउन २१, २०८३

चितवन-१ मा चुनाव लड्न यी 'हाइप्रोफाइल'ले दिए कांग्रेसमा आवेदन

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेकोमा यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार वाग्लेले पनि आवेदन दिएका हुन्।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं- चितवन क्षेत्र नम्बर १ बाट मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचन लड्नका लागि ४ जना 'हाइप्रोफाइल'ले नेपाली कांग्रेसमा आवेदन दिएका छन्। बहालवाला मन्त्रीदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्वउपाध्यक्ष र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिले चितवन-१ मा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नका लागि निवेदन दिएका हुन्। 

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेकोमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका र हाल युएनडीपीको एसिया प्रशान्त क्षेत्रका आर्थिक सल्लाहकार स्वर्णीम वाग्लेले आवेदन दिएका हुन्। यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आवेदन दिएका हुन्।

उनीहरु सबैले आफैँ उपस्थित भएर निवेदन दर्ता गरेको क्षेत्र नम्बर १ का सचिव दीपक पौडेलले जानकारी दिए। समानुपातिकतर्फ नेता शुशीलादेवी उप्रेती, सावित्री बोगटी पाठक, जोखाप्रसाद चौधरी, वासुदेव चौधरी, सावित्रीदेवी चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले निवेदन दर्ता गरेका छन्।

निवेदन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो। क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने जनाएको छ।

छलफलबाट उपयुक्त उम्मेदवार छनोट गरी उपल्लो तहमा सिफारिस गरिने पौडेलले बताए। कांग्रेस चितवनको क्षेत्र नम्बर २ र ३ ले भने उम्मेदवार बन्न इच्छुकले निवेदन गर्दा गर्ने मिति बुधबारलाई तोकेका छन्।

प्रकाशित: Aug 30, 2022| 18:32 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...