बिहीबार, साउन २१, २०८३

मोरङ–३ बाट उम्मेदवारको सिफारिसमा परिन् रेखा थापा

राप्रपाले प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेकामा पहिलो नम्बरमा थापालाई अगाडि सारिएको हो।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नायिका रेखा थापालाई आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–३ बाट नाम सिफारिस गरेको छ। राप्रपाले प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरेकामा पहिलो नम्बरमा थापालाई अगाडि सारिएको हो।

राप्रपा बेलबारी नगर अध्यक्ष नगेन्द्र कार्कीका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस भएको छ। मोरङ–३ मा अघिल्लो निर्वाचनमा एमाले नेता भानुभक्त ढकालले जितेका थिए। 

थापाको घर सुन्दरहरैंचा–१२ सलकपुरमा पर्छ। मिस कोसीको उपाधि जितेर नेपाली सिने क्षेत्रमा उदाएकी थापा कुनै बेला माओवादी पसेकी  थिइन्। पछिल्लो पटक राप्रपा प्रवेश गरेपछि महाधिवेशनमा महामन्त्रीमा लडेकी थिइन्।

प्रकाशित: Aug 30, 2022| 15:16 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...