बुधबार, जेठ २७, २०८३

उम्मेदवार सिफारिस गर्दा रकम नलिनू : कांग्रेस मुख्यालय

आउँदो ४ मंसिरको चुनावका लागि नाम सिफारिस भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन।
 |  मंगलबार, भदौ १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १४, २०७९

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका बैठक गरी ४ मंसिरको चुनावका लागि उम्मेदवार सिफारिस गरिरहेको छ।

National life

कांग्रेस मुख्यालय सानेपाको निर्देशनअनुसार  १८ भदौभित्र उम्मेदवार सिफारिस गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ । साथै प्रदेशले जिल्लाबाट प्राप्त उम्मेदवारको नाममा रायसहित २० भदौभित्र केन्द्रमा नामावली पठाउनुपर्नेछ।

प्रदेशसभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिक र प्रतिनिधिसभा क्षेत्रतर्फ प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गर्ने कार्य भइरहँदा देशका विभिन्न क्षेत्रमा पैसा उठाउने काम भएको पाइएकाले त्यस्ता गतिविधि नगर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको हो।

उम्मेदवारको नामावली संकलन गर्ने बेला क्षेत्रीय कार्यसमितिले पैसा उठाउने गरेका गुनासो केन्द्रीय कार्यालयमा आएका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार पार्टीका प्रदेश सभापति, जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन निर्देश गरेका छन्।

कांग्रेस विधानमा पनि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिने व्यवस्था छ। कांग्रेसले क्रियाशील सदस्य र लाभका पदमा रहेका पार्टी सदस्यबाट सदस्यता शुल्क र सहयोग रकम (लेबी) बाहेक कुनै किसिमको रकम लिन र उठाउन नमिल्ने गरी विधान र नियमावली बनाएको थियो।

Shivam cement

‘उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नू वा उठाउनू विधानविपरीत कार्य हुने भएकाले त्यस्तो नगर्न निर्देशानुसार अनुरोध गरिएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयले भनेको छ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा कांग्रेसले पाँचदलीय गठबन्धन गरी जाने निर्णय गरिसकेको छ। गठबन्धनका अन्य दलले उम्मेदवारी दिने क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार नउठाउने बताएको छ।

प्रकाशित: Aug 30, 2022| 11:30 मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...