बिहीबार, साउन २१, २०८३

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित (पूर्णपाठसहित)

निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशित भएको छ। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- निर्वाचन आचारसंहिता २०७९ नेपाल राजपत्रमा प्रकाशित भएको छ। मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको आचारसंहिता सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको हो। 

यसअघि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिताको विषयमा जानकारी गराएको थियो। 

निर्वाचन आयोगका एक अधिकारीका अनुसार सम्भवत: असोज पहिलो साता निर्वाचन आचारसंहिता लागु हुने भएको छ। 

निर्वाचन आयोगद्वारा जारी आचारसंहिता अनुसार संघ र प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो दलका लागि चुनाव प्रचार गर्न नपाउने भएका छन्। तर, आफू उठेको चुनाव क्षेत्रमा भने उनीहरुले चुनाव प्रचार गर्न पाउने छन्। त्यसरी चुनाव प्रचार गर्दा सरकारी गाडी लगायतका स्रोत साधन प्रयोग गर्न पाइने छैन।

उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च हुने जिम्मेवार पदाधिकारी तोक्‍नुपर्ने र छुट्टै खाता खोली बैंक खातामार्फत खर्च गर्नुपर्ने प्रावधान आचारिसंहितामा राखिएको छ। 

त्यसैगरी उम्मेदवारले २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तिय संस्थामार्फत गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ। 


प्रकाशित: Aug 29, 2022| 20:59 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...