शुक्रबार, साउन २२, २०८३

काभ्रेमा एकीकृत समाजवादीले उम्मेदवार छान्यो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरिएको छ।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काभ्रे- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरिएको छ।

पार्टीले जिल्लास्थित दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट गरेको हो। पार्टीको क्षेत्रीयस्तरका निर्वाचन कमिटिले दुवैतर्फका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको जनाइएको छ।

दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनका लागि क्षेत्रीयस्तरबाट उम्मेदवारमा सिफारिस भइआएका नामावलीलाई जिल्ला कमिटीको बैठकमार्फत अन्तिम रूप दिई केन्द्रीय कमिटीमा सिफारिस गरिने पार्टीका जिल्ला सचिव गोकुल गौतमले बताए। पार्टी केन्द्रीय कमिटीले दुवैतर्फका उम्मेदवारको नाम यही भदौ १२ गतेभित्र जिल्ला कमिटीमा र १५ गतेभित्र केन्द्रीय कमिटीमा सिफारिस गर्न जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा कमिटीलाई निर्देशन दिएको थियो। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ लाप्साङ लामा पाख्रिन, समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटा तथा समानुपातिकतर्फ मङ्गललाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्र तामाङ, निशा लाम, दोर्जे लामा र पाल्साङ लामाको नाम उम्मेदवारमा सिफारिस गरिएको हो। 

यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ मुकुन्द गौतम तथा समानुपातिकतर्फ प्रदीप लामा, पासाङ डोल्मु लामा, यशु लामा र प्रताप लामा सिफारिस गरिएको जनाइएको छ। गौतम पार्टीको केन्द्रीय सदस्य  हुन्। त्यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ पुष्कर तिमल्सिना, कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा र सञ्जिता लामा छन्। समानुपातिकतर्फ भने कृष्ण लामा, रामदेवी तामाङ  र सरोज कुँइकेलको नाम सर्वसम्मत् सिफारिस गरिएको हो। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसम्मतले सिफारिस गरिएको छ। यस क्षेत्रमा समानुपातिकतर्फ तुयुकाजी ताम्राकार, तेजबहादुर खड्का, लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, विना परियार, पदमबहादुर परियारसहितका आकांक्षीको नाम सिफारिस गरिएको हो। 

यस्तै सिफारिस समितिले प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं तथा समानुपातिकतर्फ राजकृष्ण गिरी, दिलबहादुर तामाङ, मन्जु श्रेष्ठ र प्रेम तामाङलाई उम्मेदवार सिफारिसको निर्णय गरेको हो। 

प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्साललाई सर्वसम्मतले सिफारिस गरेको छ। समानुपातिकतर्फ भने वीरबहादुर तामाङ, हरिगोपाल प्रधानाङ्ग र कल्पना श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको जनाइएको छ।

प्रकाशित: Aug 29, 2022| 17:35 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...