बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपत्यकाका तीन वटै जिल्लामा पार्टीको नाजुक अवस्था : अध्यक्ष प्रचण्ड

उपत्यकाका तीन वटै जिल्लामा पार्टीको नाजुक अवस्था : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराउने।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं  उपत्यकामा पार्टीको अवस्था सुदृढ गर्न विशेष नीतिगत र संरचनागत व्यवस्था गरिने बताएका न्। माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा सोमबार आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा केन्द्रीय स्तरबाटै संगठन विस्तार गरिने जानकारी दिएका हुन्। 

National life

‘काठमाडौं, भक्तपुर र ललितपुरमा हाम्रो स्थिति नाजुक छ। बागमती प्रदेशमा होइन, बागमतीमा माओवादी कम्युनिस्ट आन्दोलनको पहिलो शक्ति हो’, उनले भने, ‘उपत्यकाको संगठनको संरचना र केही नीतिगत विषयमा नयाँ ढंगबाट नीतिगत र संरचनागतरूपमा नयाँ पार्टी बनाउनुपर्ने भएको छ।’

गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराइने उनको भनाइ छ। उपत्यकामा केही कमजोर देखिए पनि बागमती प्रदेशमा माओवादीको उपस्थिति दरिलो रहेको जिकिर गर्दै उनले छिट्टै उपत्यकामा पनि माओवादी वामपन्थीतर्फ पहिलो शक्ति हुने दाबी गरे। ‘पार्टीको शक्ति विकेन्द्रित हुँदा उपत्यकामा कमजोर देखिएको हो’, उनले भने, ‘विशेष प्रदेश, सम्पर्क प्रदेश समितिलाई उपत्यकामा केन्द्रित गर्नुपर्छ।’

राजधानीमा संगठन÷संरचना पार्टी केन्द्रले नेतृत्व गर्ने र सम्पूर्ण शक्ति केन्द्रित गर्ने नीति विश्वव्यापी रूपमा चलिआएको जनाउँदै उनले माओवादीले सम्पूर्ण शक्ति विकेन्द्रित गर्दा नतिजा आफ्नो पक्षमा नदेखिएको बताए। उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नयाँ र जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाइने दाबी गरे।

प्रकाशित: Aug 29, 2022| 17:20 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...