बुधबार, जेठ २७, २०८३

गठबन्धनको सिट भागबण्डा तीन चरणमा हुन्छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन्।
 |  सोमबार, भदौ १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १३, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन्।

National life

सोमबार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे। उनले १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने र २५ भदौसम्ममा आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताए।

अध्यक्ष दाहालले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गरे। उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने बताए। अध्यक्ष दाहालले गठबन्धन अब पनि रहने कि नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाए। उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गरे।

उनले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गरे। उनले तत्कालीन नेकपामा रहँदा आफूहरुबिरुद्ध षड्यन्त्र भएपछि १९ पृष्ठ लामो दस्ताबेजसहितको राजनीतिक  बम नेकपा सचिवालयमा वर्षाएको बताए। अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाए। उनले माओवादी केन्द्रले नै वैवाहिक  अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताए।

उनले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताए। उनले नेकपा एमालेले अनैतिक तरिकाबाट अहिले वैवाहिक अंगीकृत भनेपछि राष्ट्रवादी भइने र निर्वाचनमा भोट प्राप्त गर्ने मनशायले नाकाबन्दीको बेला झैँ सोचिरहेको बताए।

Shivam cement

प्रकाशित: Aug 29, 2022| 17:20 सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...