काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलका लागि शीतलनिवास बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी बोलाएको छ।
राष्ट्रपति भण्डारीले सोमबार दिउँसो २ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतासँग छलफल गरेकी थिइन्। राष्ट्रपति–कांग्रेस नेताहरूबीच भएको छलफलबारे भने खुलाइएको छैन।
बेलुकी ५ बजे राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू शीतलनिवास जाँदै छन्।