शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • १५ हजारभन्दा बढी मतान्तरले जितेका यी २० सांसद, के छ अहिलेको अवस्था?

१५ हजारभन्दा बढी मतान्तरले जितेका यी २० सांसद, के छ अहिलेको अवस्था?

गठबन्धन भएका कारण धेरै नेताहरुले फराकिलो मतान्तरले जित निकालेका थिए। फराकिलो जित निकाल्ने नेताहरु अधिकांश बाम गठबन्धन आवद्ध दलका थिए।
 |  सोमबार, भदौ ६, २०७९

खिला कार्की

खिला कार्की

सोमबार, भदौ ६, २०७९

काठमाडौं- सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ। निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। यससँगै प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाम गठबन्धन भएको थियो। जसका कारण नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको थियो। गठबन्धन भएका कारण धेरै नेताहरुले फराकिलो मतान्तरले जित निकालेका थिए। फराकिलो जित निकाल्ने नेताहरु अधिकांश बाम गठबन्धन आवद्ध दलका थिए। बाम गठबन्धन भन्दा बाहिरका केही नेताहरुले पनि फराकिलो जित निकालेका थिए।

triton college

१६५ निर्वाचन क्षेत्रमा १५ हजारभन्दा बढी भोटले जित निकाल्ने जम्मा २० जना नेता थिए। यीमध्ये नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले गठबन्धन भन्दा बाहिरबाट चुनावी मैदानमा खडा हुँदा भक्तपुर क्षेत्र नम्बर १ बाट १५ हजारभन्दा बढी भोटले चुनाव जितेका थिए। त्यसैगरी राष्ट्रिय जनता पार्टीका ३ जना उम्मेदवारले पनि १५ हजारभन्दा बढी भोटले चुनाव जितका थिए।

कैलाली–१ बाट राजपाका रेशमलाल चौधरी, महोत्तरी– २ बाट शरदसिंह भण्डारी र महोत्तरी ३ बाट महन्थ ठाकुरले १५ हजार माथिले चुनाव जितेका थिए। ठाकुरलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो। त्यस्तै बाम गठबन्धनकै तर्फबाट उम्मेदवार बनेकी जनमोर्चा नेतृ दुर्गा पौडेलले प्यूठानबाट १५ हजारभन्दा बढी मत ल्याएर जित निकालेकी थिइन्। १५ हजार बढी मतान्तरले जित हार भएका २० क्षेत्रमध्ये पाँच वटा क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले जित निकालेका थिए भने ९ वटा निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरुले जित हासिल गरेका थिए। 

हेरौं, १५ हजारभन्दा बढीले चुनाव जितेका नेताहरुको अहिलेको अवस्थाः 

झलनाथ खनाल 
नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले निकट प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६७ मतले उछिनेका थिए। खनालले ३६ हजार ८०५ मत ल्याएका थिए भने कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। खनाल अहिले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता भएका छन्। उनी यो पटक सरकारमा सहभागी पाँच दलीय गठबन्धनका तर्फबाट यो पटक पनि इलामको सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। खनाल यो निर्वाचन क्षेत्रबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन्।

corrent noodles
Metro Mart

गत स्थानीय तहको चुनावको वडाअध्यक्षले पाएको मतलाई आधार मान्दा यो निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले देखिन्छ। एमालेको हाराहारीमा कांग्रेसको मत देखिन्छ। तर खनालको पार्टी नेकपा एकीकृत समाजवादीको मत भने एमाले र कांग्रेसको भन्दा धेरै तल देखिन्छ। यो निर्वाचन क्षेत्रमा एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, नेकपा एसको ९ हजार ४८१, जसपाको १ हजार ८२९, माओवादीको १ हजार २३५ र राप्रपाको १ हजार १६९ मत छ। 

यो पटक पनि यो क्षेत्रमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत देखिन्छ। गठबन्धनको भोट ३८ हजार ३१७ भोट छ। यो क्षेत्रमा एमालेको भन्दा पाँच दलीय गठबन्धनको १२ हजार ८४ भोट बढी हो। तर यो क्षेत्रमा एमाले र राप्रपाका बीचमा गठबन्धन भएमा यो मतान्तर घट्ने देखिन्छ। यो क्षेत्र एमाले राप्रपाको भोट २७ हजार ४०२ हुन्छ। यसो भएमा पाँच दलीय गठबन्धनको भोट एमाले राप्रपा गठबन्धनको भन्दा १० हजार ९१५ हुन जान्छ। यो निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीको भोट अत्यन्तै कम रहेको भन्दै नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुले दाबी गरिरहेका छन्। तर गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको क्षेत्रमा भोट भन्दा पनि राजनीति निर्णय गर्ने तयारी गरका कारण यो क्षेत्र नेकपा एसले पाउने सम्भावना बलियो छ। 

जनार्दन शर्मा 
एक निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट बाम गठबन्धनका उम्मेदवार बनेर माओवादीका उम्मेदवार जनार्दन शर्मा २०७४ सालमा प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्। वर्तमान अर्थमन्त्री शर्माले नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पारेका थिए। शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरेका थिए। रुकुमबाट चौथो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न लागेका शर्मा यो पटक बजेट बनाउने क्रममा अनधिकृत मान्छेलाई अर्थ मन्त्रालयमा प्रवेश दिएर करको दर हेरफेर गरेको भन्दै विवादित भएका छन्। 

यो निर्वाचन क्षेत्रको स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई हेर्ने हो भने पहिलो माओवादी र दोश्रो कांग्रेस छ। एमाले तेस्रो छ। तर माओवादीको मत दोश्रो पार्टी कांग्रेसको भन्दा झण्डै १० हजार बढी छ। यहाँ माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एस १३०, र राप्रपा १०८ मत छ। यो क्षेत्रमा स्थानीय तहको चुनावको मतलाई आधार मान्दा पाँच दलीय गठबन्धनको ६३ हजार ८५२ भोट हुन्छ। एमाले र राप्रपाको मत जोड्दा ६ हजार २३२ मत हुन्छ। यो क्षेत्रमा एमाले राप्रपाको भन्दा ५७ हजार ६२० मतले पाँच दलीय गठबन्ध अगाडि देखिन्छ। 

पाँच दलका बीचमा गठबन्धन भएको अवस्थामा पनि यो निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार जनार्दन हुने निश्चित जस्तै छ। त्यसो भएकाले २०७४ सालको भन्दा जर्नादनले यो पटक मतान्तर बढाउने देखिन्छ। 

पार्वत गुरुङ
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा बाम गठबन्धनबाट २०७४ सालमा उम्मेदवार बनेको एमाले नेता पार्वत गुरुङले ३० हजार ६४४ मतान्तरले जित निकाल्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले ५५ हजार ४५७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाएका थिए। गुरुङले सबैभन्दा ठूलो मतान्तरमा जित्ने सांसदको रेकर्ड बनाएका थिए। गुरुङ २०७० साल र २०७४ सालमा प्रतिनिधिसभा सदस्य भएका थिए। केपी ओली नेतृत्वको सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र सुचना तथा संचार प्रविधि मन्त्री बनेका गुरुङ मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। 

गत स्थानीय तहको चुवावको मतलाई आधार मान्दा दोलखामा एमाले नै ठूलो पार्टी देखिन्छ। यहाँ स्थानीय चुनावमा एमालेको ३९ हजार ५०, कांग्रेसको ३३ हजार ४३९, माओवादीको १७ हजार ३७५, नेकपा एसको ३ हजार १५१, राप्रपाको १ हजार ५११ र जसपा २०९ मत देखिन्छ। ५४ हजार १७४ मत पाँच दलीय गठबन्धनको देखिन्छ। एमाले र राप्रपाका बीचमा तालमेल भएर चुनावी मैदानमा जाँदा ४० हजार ५६१ मत हुन्छ। यो मत एमालेको भन्दा १३ हजार ६१३ बढी हो। 

यो निर्वाचन क्षेत्रमा पार्वत गुरुङसँगै एमालेबाट टिकटको दाबी आनन्द पोखरेलले दाबी गरिरहेका छन्। माओवादीका विशाल खड्का र कांग्रेसबाट बर्मा लामा, रुद्रबहादुर खड्का, ताराबहादुर कोइराला, अजयबाबु शिवाकोटी र कुन्दन काफ्लेको दाबी देखिन्छ। 

विष्णु पौडेल 
रुपन्देही क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य बनेका एमालेका उपाध्यक्ष विष्णु पौडेल १५ हजारभन्दा बढी मतान्तरले जित निकाल्ने मध्येका एक हुन्। पौडेलले ४४ हजार ०२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत ल्याएका थिए। पौडेलले २२ हजार ६३ मतान्तरले जित निकालेका थिए। 

तर अहिले स्थानीय तहको चुनावको मतपरिणाम अनुसार यो निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको छ। यहाँ कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, नेकपा एसको १ हजार ३८२, र जसपाको १८३ मत छ। यो क्षेत्रमा पाँच दलीय गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाको मत ३९ हजार ७१२ छ। एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १०७ मत हुन्छ। गठबन्धन यो निर्वाचन क्षेत्रमा २ हजार ६०५ मतले अगाडि देखिन्छ। 

केपी ओलीका अत्यन्तै विश्वास पात्र पौडेलले यो निर्वाचन क्षेत्रबाट लगातार तेस्रो जित निकालिसकेका छन्। उनी २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा र २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। 

प्रकाशित: Aug 22, 2022| 11:10 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्