आइतबार, असार ७, २०८३

एमालेबाट उपसभामुख उम्मेदवारमा विद्या भट्टराई

शुक्रबार हुने उपसभामुखको निर्वाचनमा एमालेले भट्टराईको नाम तय गरेको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– नेकपा एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी तय भएको छ। शुक्रबार हुने उपसभामुखको निर्वाचनमा एमालेले भट्टराईको नाम तय गरेको हो।

National life

उपसभामुखमा उम्मेदवारी दर्ता गराउने समय बिहान ११ देखि दिउँसो १ बजेसम्म तोकिएको छ। दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ।

एमाले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले पार्टीबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराईलाई छानिएको जानकारी दिए।

भट्टराई तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीकी पत्नी हुन्। यसअघि सत्तारुढ गठबन्धनबाट कांग्रेस नेतृ पुष्प भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छन्।

प्रकाशित: Jul 14, 2022| 12:58 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...