मंगलबार, साउन २६, २०८३

उपसभामुखमा भिड्दै एमाले

एमालेले उपसभामुखमा उम्मेदवारी दर्ता गराइनसके पनि लोकतान्त्रिक समाजवादी पार्टीसँग यसबारे छलफल गरिरहेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं–प्रतिपक्ष नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिने भएको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले उपसभामुखको उम्मेदवारबारे छलफल भइरहेको बताए।

उनले भने, ‘हाम्रो मात्र भोटले जितिँदैन। अरू दलसँग पनि कुराकानी भइरहेको छ।’ उपसभामुख चयनका लागि शुक्रबार दिउँसो ३ बजे संसद्मा निर्वाचन हुनेछ। त्यसका लागि बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

सत्तारुढ गठबन्धन बिहीबार कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन्। एमालेले उपसभामुखमा उम्मेदवारी दर्ता गराइनसके पनि लोकतान्त्रिक समाजवादी पार्टीसँग यसबारे छलफल गरिरहेको बताइएको छ।

प्रकाशित: Jul 14, 2022| 12:01 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...