सोमबार, साउन २५, २०८३

उपसभामुखमा पुष्पा भुसालको उम्मेदवारी

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन्। 

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी सचेतक लक्ष्मीकुमारी चौधरी छन्। भुसाल नेपाली कांग्रेसकी सचेतक पनि हुन्। 

उम्मेदवारी मनोनयनपछि आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ।

भोलि शुक्रबार हुने हुने निर्वाचनका लागि आज बिहान ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

प्रतिपक्षी दलहरूले कसलाई उम्मेदवार बनाउने भन्नेबारे अझै निर्णय गरिसकेका छैनन्।


प्रकाशित: Jul 14, 2022| 11:49 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...