सोमबार, साउन २५, २०८३

स्रोत नखुलेको बीस लाख रकमसहित दुई भारतीय पक्राउ

स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

वीरगन्ज- स्रोत नखुलेको बीस लाख रकमसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार, पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नम्बर २० बस्ने सञ्जित कुमार र अनुराग मिश्र रहेका छन्।

वीरगन्ज-१६ रजतजयन्ती चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बी आर ०५ यु ३५०० नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुबै जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

प्रहरीले मोटरसाइकल चालक संजितको साथबाट आफ्नो शरीरको विभिन्न भाग र हेल्मेटमा लुकाएर ल्याएको २० लाख स्रोत नखुलेको रकम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।

संजितसँगै मोटर साइकलको पछाडि बस्ने अनुरागलाई पनि नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

प्रकाशित: Jul 14, 2022| 08:43 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...